दार्चुला । बिहिबार मात्र भारतीय बाटोको प्रयोग गरेर व्याँस गाउँपालिका—१ छाङरु र तिकंर कुञ्चा सरेका व्याँसीसौका समुदायका लागि तत्काल खाद्यान्न आपुर्तीको व्यवस्था मिलाउन प्रतिनिधिसभा  सदस्य गणेशसिह ठगुन्नाले नेपाल सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टलाइ अनुरोध गर्नुभएको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्री भट्टकै कार्यकक्षमा भेटेर व्याँसबासीलाई खाद्यान्न लगायत आवश्यक सामाग्रीको समस्या नहोस भन्नका लागि हेलिकोप्टरमार्फत सिघ्र खाद्यान्न ढुवानीका लागि अनुरोध गरेको सासंद ठगुन्नाले जानकारी दिनुभयो ।
सासंद ठगुन्नाको अनुरोधपछि तत्काल आवश्यक सामग्री ढुवानी गर्न मन्त्री भट्टले तोक आदेश सहितको निर्देशन दिनुभएको छ । छाङरु र तिकंरबासी गाउँ पुग्ने बित्तिकै खाद्यान्न आपुर्तीको व्यवस्था मिलाइने मन्त्री भट्टबाट आस्वासन पाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?