
दार्चुला । नेपालमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालमा गरिएको परीक्षण्मा थप ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।
कपिलवस्तु, सर्लाही, बारा, काठमाडौँ, रुपन्देही र चितवनका व्यक्तिमा संक्रमण पुष्टि भएको हो। सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका ८/८, बारा, काठमाडौँ र चितवनमा एक/एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समरि अधिकारीलेका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।