दार्चुला । चार गतेदेखि वेपत्ता मार्मा गाउँपालिका—६ शेरी घोरडीका ४२ वर्षीय दिला महर मृत अवस्थामा फेला परेका छन् ।
मार्मा गाउँपालिका वडा नम्बर ३ मा रहेको बिटुले ड्याममा लगाइएको पुरानो झोलुङ्गे पुलमा अड्कीएको अवस्थामा महराको सव फेला परेको रेडियो लोकदर्पणका मार्मा समाचारदाता ललिता धामीले जानकारी दिनुभयो ।
अधिकासं समय मदिरा सेवन गरिरहने महराले ४ गते समेत मार्मा बजारबाट मदिरा सेवन गरेर फर्किएका थिए । ४ गते दिउँसो बजारबाट फर्किएका महरा घर नपुगेपछि ५ गतेदेखि खोजि कार्य शुरु गरिएको थियो ।
नदीमा बगेको हुनसक्ने आसंकामा दिनदिनै बिटुले ड्याम खोलेर खोजि गरिएपनि ११ गतेसम्म पत्तो लाग्न सकेको थिएन । सोमबार बिहाँन ड्याम खोलेर हेर्दा महराको सव पुलमा अड्कीएको अवस्थामा फेला परेको हो ।
यसैबिच मार्मा क्षेत्रको अनुगमन तथा घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख डिएसपी पदमबहादुर बिष्ट नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?