दार्चुला । उपचारका क्रममा मृत्यु भएर दाहसंस्कार गरेको नौ दिनपछि बारामा एकजनामा कोरोना पुष्टि भएको छ। करैयामाई गाउँपालिका–७ उमजनका ७० वर्षीय वृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ।
कोरोना पुष्टि भएका वृद्धको नौ दिनअघि वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो। उनको अन्त्येष्टि भइसकेको छ। उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयाे । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरेको छैन।
वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनःपरीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए। तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो। करैयामाई–७ का वडा अध्यक्ष विरिज चौधरीले नेशनल मेडिकलमा उपचारको क्रममा जेठ ४ गते मृत्यु भएका बृद्धको पुष्टि गर्नुभयाे ।
उहाँले मलामीमा कतिजना सहभागी थिए भन्‍ने बुझ्‍न सुरु गरेको जानकारी दिनुभयाे । जेठ २ गते अस्पतालमा भर्ना भएका थिए भने त्यसको दुई दिनपछि ४ गते उनको मृत्यु भएको हो। ४ वर्षअघि नहरमा लडेर घाइते भएपछि उनमा विभिन्‍न रोगले आक्रान्त पारेका कारण कमजोर अवस्थामा रहेकाे अाफन्तजनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?