दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने भएकाे छ । प्रधानमन्त्री ओलीले साेमबार अपराह्न साढे ५ बजे राष्ट्रका नाममा सम्बाेधन गर्ने हुनुभएकाे हाे ।

प्रधानमन्त्री ओलीकाे सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने तय भएकाे छ । ५ बजे मन्त्रिपरिषद्काे बैठक बस्ने र साढे ५ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

प्रधानमन्त्रीकाे सम्बाेधन देशमा फैलिरहेकाे काेराेना भाइरसकाे सङ्क्रमण नियन्त्रण गर्न र समसामयिक विषयमा केन्द्रित रहने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?