दार्चुला । बैतडीमा कोरोना संक्रमित बढ्दै जान थालेपछि चिकित्सक पठाउन संघिय सरकारसंग माग गरिएकाे छ । संघीय सरकारले यसअघि कोरोना उपचारमा सहयोग पु¥याउन चिकित्सक पठाएपनि २२ दिनमै फिर्ता भएका थिए ।
वैशाख ७ गते बैतडीमा खटाइएका ३ जना चिकित्सक वैशाख ३१ गते फिर्ता भइसकेकाेले फेरि चिकित्सक पठाउन माग गरिएकाे हाे । बैतडीमा यसअघि इन्टरनल मेडिसिन डा.विकास सहनी र डा. डिभान्स शाह तथा अर्थोपेडिक डा. प्रकाश दर्जीलाई पठाइएको थियो।
संक्रमित थपिएपछि प्रदेश सरकारलाई चिकित्सक पठाउन अनुरोध गरिसकिएको जिल्ला अस्पताल बैतडीले जनाएकाे छ ।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




