दार्चुला । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ ।

अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयाे ।

नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा काेराेना पुष्टी भएसंगै  नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।

यसअघि सिन्धुपाल्चोकका एक, बाँकेका १ र गुल्मीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।

हालसम्म ११२ जना संक्रमित उपचार पछि निकाे भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?