काठमाण्डौ । नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक सय ५५ जना उपचारपछि निको भएका छन् । साेमबार बेलुका वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ४३ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या एक सय ५५ पुगेको हो  ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले आज ४३ जना कोरोनामुक्त भएपछि नारायणी अस्पतालको आइसोलेशन कक्ष खाली भएको बताउनुभयो । यसअघि साेमबार बिहान वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए ।

उपचारपछि निको भएका दुई महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदन उपाध्यायले जनाकारी दिनुभयो ।

प्रदेश १ मा २६ जना, प्रदेश २ मा ७६ जना, वाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा दुई , प्रदेश ५ मा ३५ जना र सूदूरपश्चिममा पाँच जना गरी एक सय ५५ जना उपचारपछि निको भएका हुन् ।

त्यस्तै साेमबार नै कपिलवस्तुमा कोरोना सङ्क्रमित नर्स उपचारपछि घर फर्किनुभएको छ । कपिलवस्तु अस्पतालमा कार्यरत तौलिहवाकी २५ वर्षीया नर्स सङ्क्रमणबाट मुक्त भएर घर फर्कनुभएको हो ।

उहाँको दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । नेपालमा पहिलो कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी १४ दिनमै कोरोना जित्न सफल भएको पनि थापाले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?