दार्चुला । मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले गाउँपालिकामा आर्थिक अनियमितता गरेको भन्दै उपाध्यक्ष पुस्पा अवस्थी (मेनुका) ले अक्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरमा उजुरी दिनुभएको छ । अध्यक्ष धामीले गाउँपालिकाका मनपरी ढंगले काम गरेको, कोरोना रोकथामको बजेटमा अनावश्यक बिल भरपाइ तयार गरेर अनियमितता गरेको लगायत आरोप सहित उपाध्यक्ष अवस्थीले छानबिन तथा अनुसन्धानका लागि अक्तीयारमा उजुरी दिनुभएको हो ।
अध्यक्ष धामीको संलग्नतामा गाउँपालिकाको काममा अनियमितता भएको भन्दै आवश्यक अनुसन्धानका लागि जेठ ५ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा तीन दिनको अल्टीमेटम सहित निवेदन दिएपनि सुनुवाई नभएपछि अक्तीयारमा उजुरी दिएको उपाध्यक्ष अवस्थीले बताउनुभयो ।
जेठ ५ गते उपाध्यक्ष अवस्थीले अध्यक्ष धामीले गाउँपालिकामा एकलौटी ढंगले मनपरी गरेको, अनियमितता गरेको लगायत विषयमा ८ बुदे निवेदन जिल्ला प्रशासन कार्यालय दार्चुलामा पेस गरेको भोलिपल्ट जेठ ६ गते अध्यक्ष धामीले दर्चुला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी ७ बुदे खण्डन गर्नुभएको थियो । छलफलको माध्यमबाट विवाद समाधान गर्नुको साटो अध्यक्षले पत्रकार सम्मेलन गर्न थालेपछि आवश्यक प्रमाणसहित अक्तीयारमा उजुरी दिएको उपाध्यक्ष अवस्थीको भनाइ छ ।
अध्यक्ष धामीले ७ बुदे खण्डन सहित पत्रकार सम्मेलन गरेको ६ दिनपछि सोमबार उपाध्यक्ष अवस्थीले खलंगामै पत्रकार सम्मेलनको आयोजना गरी ५ बुदे खण्डन सार्वजनिक गर्नुभएको छ ।

अध्यक्ष धामीले जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बस्न नमानेर उपाध्यक्ष अवस्थीले राष्ट्सेवक कर्मचारी र स्वास्थ्यकर्मीको मनोबल गिराएको, आफ्नो मान्छेलाई कार्यालय सहयोगी नियुक्त गर्न भनेको तर आफुले नमानेको कारण आफुलाइ अनावश्यक आरोप लगाएको भन्दै पत्रकार सम्मेलनमार्फत आफ्नो बचाउ गर्नुभएको थियो । सोमबार उपाध्यक्ष अवस्थीले अध्यक्ष धामीले खण्डन गरेका प्रतेक बुदाहरुको प्रति खण्डन गर्दै अध्यक्ष धामीले अनियमिता र मनोमानी गरेको कुरा दोहोर्याउनुभएको छ ।
अध्यक्ष धामी छलफलबाट समस्या समाधान गर्न तयार नभएपछि अक्तीयारमा उजुरी दिएको उपाध्यक्ष अवस्थीले बताउनुभयो ।

उपाध्यक्ष अवस्थीले अक्तीयारमा दिएकाे निबेदन :


हेर्नुहोस उपाध्यक्ष अवस्थीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका प्रेस विज्ञप्ती

 

 

उपाध्यक्ष अवस्थीले जेठ ५ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा दिएको निबेदन

अध्यक्ष नरेन्द्र सिह धामीले ६ गते पत्रकार सम्मेलन मार्फत गरेको खण्डन

उपाध्यक्ष अवस्थीले लगाएकाे अाराेपपछि अध्यक्ष धामीकाे खण्डन

उपाध्यक्ष अवस्थीले लगाएकाे अाराेपपछि अध्यक्ष धामीकाे खण्डन

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?