
दार्चुला । महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सम्पुर्ण श्रेणी÷तहमा कार्यरत कर्मचारीहरुको कोरोना बीमा गराएको छ । कर्मचारीहरुको स्वास्थ्यको ख्याल गदै कोरोना भाईरस (कोभिड–१९) बाट हुनसक्ने सम्भावित जोखिमको रक्षाका लागि प्रति कर्मचारी १ लाख बराबरको सामुहिक कोरोना बीमा गरेको बताइएको छ ।
महिला लघुवित्त वित्तीय संस्था र प्रभु इन्स्योरेन्स लिमिटेड बिचमा कोराना बीमाको सम्झौता भएको संस्थाका कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिनुभयाे । सम्झौता भए अनुसार अब वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुको कोरोना भाईरस परीक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स लिमिटेडले तोकिए बमोजिमको रकम क्षतिपुुर्ति वापत कर्मचारीलाई उपलब्ध गराउनेछ ।
नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले वनेपा नगरपालिका वडा न. १३ सागाँ काभ्रेमा केन्द्रीय कार्यालय स्थापना गरि हाल ३० जिल्लामा ५३ वटा शाखा मार्फत १ अर्व ७३ करोड लगानी गरी करिब बयालिस हजार विपन्न घरपरिवारका सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको शाखा कार्यालय नेपालगंज बाट मनोज सिह धामीले जानकारी दिनुभयाे ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।