एकैदिन १०१ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुग्याे

दार्चुला । मंगलबार एकैदिन १०१ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मको सबभन्दा ठूलो वृद्धिदर हो।

यसअघि एकैदिन सर्वाधिक ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। आज १०१ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुगेको छ।एक सातामै संक्रमितको संख्या दोब्बर भएको छ।

गत मंगलबारसम्म संक्रमित संख्या ३९० थियो।आज थपिएका १०१ संक्रमितमध्ये सात जना सोमबार साँझ थपिएका संक्रमित हुन्। त्यसको औपचारिक जानकारी मन्त्रालयले आज गराएको हो।

आज थपिएका संक्रमितहरूमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२, सप्तरीका ११, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, अर्घाखाँची, गुल्मी र स्याङ्जाका दुई-दुई जना छन्। साथै, धनुषा, रुपन्देही, कैलाली, अछामका एक-एक जना छन्।

अहिलेसम्म संक्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १५५ जना निको भएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?