दार्चुला । लेकम गाउँपालिकाको वडा नम्बर १ सर्मोलीमा अवस्थित हुनैनाथ मन्दिर धुराको दानपेटिका तोडफोड भएको छ ।

मन्दिरमा रहेको दानपेटिका तोडफोड गरि गत वर्षको कार्तिक महिनादेखी संकलन भएको अनुमानित एक लाख रुपैयाँ चोरी भएको मन्दिरका भन्डारी ( भरण्या) लक्ष्मणसिंह साउदले जानकारी दिनुभयो।

स्थानीय दिपक बिष्टका अनुसार बुधबार (आज) बिहान मन्दिरमा पुजा गर्न जादा दानपेटिका तोडफोड भएको देखेपछि स्थानीयलाई खबर गरिएको हो। ” हामी यसै हप्ताको आइतबार पनि मन्दिर आएका थियौ उक्त दिन दानपेटिका सुरक्षीत थियो।” बिष्टले भन्नुभयो, “घटना सोमबार र मङ्गलबार मध्ये कुनै एक दिन भएको छ।”

उक्त घटनामा संलग्न व्यक्तिहरूको खोजीकार्य भइरहेको मन्दिरका भन्डारी साउदलाई उदृत गर्दै स्थानीय बिष्टले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?