दार्चुला । सरकारले आउँदो आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट आज प्रस्तुत गर्दैछ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान पेश गर्नुहुनेछ ।
नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गर्नुभएको छ ।
सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कोरोना रोग रोकथाम तथा नियन्त्रण सहित, कृषि, रोजगारी, ऊर्जा तथा सिँचाइलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ ।
कोरोना महामारी र यसले निम्ताएको संकटलाई सम्बोधन गर्नेगरी सरकारले बजेट ल्याउन लागेको हो ।
चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।