दार्चुला ।  गणतन्त्र दिवसका अवसरमा २ सय ४१ जनाको कैद तथा सजाय मिनाहा भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको हो ।

नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम कैदीहरुलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिनुभएको हो ।

यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आठ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिबाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ ।

यसैबिच गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री, राष्टपती लगायत विशिष्ट व्याक्तिहरुले शुभकामना शन्देश व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान गर्नुभएको छ ।

स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई एवं सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो आह्वान गर्नुभएको हो ।सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।

”सदाकाल स्वाधीन राष्ट्रका रूपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पु¥याउने पूर्वजहरूको योगदानको स्मरण गर्नुहुँदै राष्ट्रपतिले पूर्वजहरूको स्वाभिमान, वीरता र आदर्शबाट अनुपे्ररित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन हार्दिक आह्वान पनि गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताउनुभएको छ । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइएको उहाँले बताउनुभयो ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ ।” जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था नै गणतन्त्र भएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “संविधान र कानुनमा उल्लिखित अधिकारको प्रयोग गर्न सक्ने गरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रूप लिन सक्दैन ।

”शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले साँचो अर्थमा जनता सार्वभौम बनेको दिनका रूपमा गणतन्त्र दिवस इतिहासको महìवपूर्ण र अविस्मरणीय रहने चर्चा गर्नुभयो । गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कार्यमा सरकारका गतिविधि केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?