दार्चुला । कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप एक जनाको ज्यान गएको छ ।

कलेजोको रोगका कारण किस्ट अस्पताल ललितपुरमा भर्ना भएका ललितपुर महानगरपालिका २२ बुङमतीका ५७ वर्षका एक पुरुषको ज्यान गएको हो । उहाँको ज्यान गएपछि कोरोनाको सङ्क्रमण भएको रिपोर्ट आएको थियो ।

यो सँगै नेपालमा कोरोनाका कारण ५ जनाको ज्यान गएको छ ।यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना सङ्क्रमणका कारण चारजनाको ज्यान गएको थियो ।

कोरोना भाइरसका सङ्क्रमित संख्या हरेक दिन सयको हाराहारीमा थपिन थालेका छन । प्रदेश २ मा मात्रै आज थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ९ सय ७७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?