काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई कालापानी क्षेत्रबाट सेना हटाएर दुई देश बीचको विवादलाई यथास्थितिमा राख्न आग्रह गरेका छन् । मन्त्री ज्ञवालीले सुगौली सन्धिका अक्षर र भावना दुवैलाई सम्मान गर्न पनि भारतलाई भन्नुभएकाे छ ।

भारतीय पत्रिका द हिन्दुसँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभएकाे छ, ‘कालापानीबाट सेना फिर्ता गरी सो भूभाग नेपाललाई फिर्ता गरेको अवस्थामा मात्र सुगौली सन्धिलाई सम्मान गरेको ठहर्छ । ’भारतसँगको हार्दिकतापूर्ण सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको भन्दै उनले वार्ताबाटै समस्या समाधानमा जोड दिनुभएकाे छ ।

मन्त्री ज्ञवालीले भनेका छन्, ‘भारतले नेपाली भूभागमा एकतर्फी रुपमा सडक बनाउनु हुँदैनथ्यो र वार्ताबाटै समस्या समाधान गर्नुपर्ने थियो भन्ने कुरामा पुनः जोड दिन चाहान्छौं ।’यो पनि पढ्नुहोसभारतले वार्ता चाहेकै हो ? कालापानीबाट तत्काल सेना हटाओस्भारतले एकतर्फीरुपमा नेपालको कालापानीलगायतका क्षेत्र समेट्दै नक्सा सार्वजनिक गरेर नेपाललाई दुःखी बनाएको उहाँले बताउनुभएकाे छ ।

उहाँले भारतले बिगतका सहमतिको ठाडो उल्लंघन गरेको पनि बताउनुभयाे। ‘भारतले एकतर्फी नक्सा सार्वजनिक गर्नु सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालको काठमाडौं भ्रमणका बेला भएको सहमतिको ठाडो उल्लंघन हो,’ मन्त्री ज्ञवालीले भन्नुभएकाे छ ।

सो भ्रमणमा कालापानी र सुस्ता लगायतका क्षेत्रलाई ‘विवादित भूमि’ मान्दै दुवै देशको संयुक्त वार्ता टोलीमार्फत् समस्या समाधान गर्ने सहमति भएको थियो ।संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव छिटो पारित हुन नसक्नुलाई पछाडि हट्ने संकेतका रुपमा भारतमा ब्याख्या भइरहेका बेला मन्त्री ज्ञवालीले यो प्रस्ताव चाँडै पारित हुने र त्यसका लागि फास्ट ट्रयाक विधि अपनाइने बताउनुभयाे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?