दार्चुला । दार्चुलामा पहिलो पटक भारतबाट फर्किएर महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
भारतबाट गत विहिबार दार्चुला आएका १०३ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी धनगढीस्थित प्रयोगसाला पठाइएको थियो । जसमध्ये महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसेका १ जनामा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । अरुको रिपोर्ट आउने क्रममा रहेको छ ।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्वर ५ का २१ बर्षीय युवक र कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुगेको छ ।
नयाँ संक्रमित तीनै जना भारतबाट आएका थिए । कैलालीका दुई जना त्रिनगर र खक्रौला तथा दार्चुलाका सक्रमित दार्चुला सदरमुकाम खलंगा नाकाबाट गत विहिबार स्वदेश फर्किएका थिए ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि कैलालीमा १०, बैतडीमा ५, अछाममा दुई, दार्चुला, कञ्चनपुर र डडेल्धुरामा एकरएक जनामा कोरोना पुष्टि भएकोमा पाँच जना संक्रमित कोरोनालाई जितर घर फर्किसकेका छन् । १५ जनाको उपचार भइरहेको छ ।
दार्चुलाका युवकमा पिसिआर रिपोर्ट पोजेटिभ आएपछि जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा सारिएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या ९७७ पुगेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?