दार्चुला । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थामा आबद्ध ग्राहक सदस्यहरुलाई राहात स्वरुप खाद्यन्न बितरण गरेको छ । बिश्वव्यापी फैलिएको कोभिड–१९ कारण दुई महिना देखीको बन्दा बन्दीका कारण कष्टकर जिवनयापन गरिरहेका बिपन्न परिवारका सदस्यहरुलाई खाद्यन्न सहयोग गरेको हो ।
वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्त अन्तर्गत आफु मातहतका ५ वटा सुनिका कार्यालय तथा ५३ वटै शाखा कार्यालयहरु मार्फत संस्थामा आबद्ध ग्राहक सदस्यहरुलाई खाद्यान्न खरिदको लागि करिब दुई लाख बजेट बिनियोजन गरेको संस्थाका कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै आज शाखा कार्यालय नेपालगजंले पनि आफ्नो ग्राहक सदस्यहरुलाई राहात स्वरुप खाद्यन्न बितरण गरेको छ । सुपरिवेक्षण तथा निरीक्षण कार्यालय प्रमुख तिलकदत्त पन्त र शाखा प्रमुख बम बहादुर रावले सयुक्त रुपमा संस्थामा आबद्ध तीसघर धुरीका सदस्यहरुलाई उक्त राहात बितरण गरेको थियो ।
कोभिड १९ का कारण दैनिक ज्यालामजदुरी गरी जिविका चलाउने नागरिक ,र वास्तविक विपन्न समुदाय सम्म राहातका कार्यक्रमहरु अझै पुग्न नसकेको सदस्यहरुको गुनासो गर्नु भयो । पटक पटक वडा कार्यालयमा राहातको माग गर्दा समेत हाम्रो माग माथी कुनै सुनवाई नभएको चिडिमार बस्तीका सदस्यहरुले गुनासो छ । आफु आबद्ध संस्थाले बिश्वब्यापी महामारीका बिच हामी माथी गरेको सहयोग को उच्च सम्मान गर्दे सम्पुर्ण परिवारलाई धन्यवाद ज्ञापन समेत गरेका छन ।
केन्द्रीय कार्यालय साँगा काभ्रेमा रहेको बित्तीय संस्थाले बिगतमा पनि समाजिक उत्तरदायित्त अन्र्तगत हावाहुरी , आगलागी,बाढी पिडितहरुलाई नगद तथा खाद्यन्न सहयोग गर्दै आएको शाखा कार्यालय नेपालगजंबाट मनाेजसिह धामीले जानकारी दिनुभयाे ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।