डोटीमा सुत्केरी महिलाको मृत्यु, कोरोना परीक्षण हुने

डोटी  । डोटीमा सुत्केरी महिलाको मृत्यु भएको छ। सुजङ अस्पताल राजपुर डोटीमा शुक्रबार शल्यक्रिया मार्फत शिशु जन्माएकी केआईसिह गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया सुत्केरी महिला नारु कार्कीको गएराती मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले सुत्केरीको मृत्यु भएको पुष्टि गरे। उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै मलासीले अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि कार्कीको मृत्यु भएको जानकारी गराएकाछन् ।

शिशुको अवस्था भने समान्य रहेको छ। कार्कीको ज्वरो र श्वासप्रश्वासको समस्याले मृत्यु भएपछि कोरोना परीक्षण गरिने भएको छ।

स्वास्थ्य कार्यालय प्रमुख मलासीले उनको कोरोना परीक्षण गर्ने तयारी भईरहेको जानकारी दिनुभयाे ।उहाँकाे आजै थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाईने मलासीले बताउनुभयाे । – दिनेश खबरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?