दार्चुला । कोरोना भाइरसका कारण नेपालबाहिर १ सय २१ जना र नेपालभित्र ८ जना गरी १२९ जना नेपालीको मृत्यु भएको छ ।

देशबाहिर सबैभन्दा धेरै बेलायतमा ६६ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ ।विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपालबाहिर हालसम्म १ सय २१ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार यो साता थप ७ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

संघका अनुसार यो साता युएईमा १ जना, युकेमा १ जना , अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको ज्यान गएको हो ।संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट युएईमा १९ नेपालीको निधन भएको छ । त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ ।

साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्र्कीमा १ जना, नेदरल्याण्डस्मा १ जना र स्वीडेनमा १ जनाको मृत्यु भएको छ ।

संयोजक डा सापकोटाका अनुसार नेपाल बाहिर ३४ देशका १४ हजार ४ सय २५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन् ।

यो साता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको छ । कोरोनाका कारण नेपालमा ७ जनाको ज्यान गएको छ ।

नेपालको तथ्यांक समावेश गर्ने हो भने विश्वभर १५ हजार ८ सय भन्दा बढी नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?