दाङ । बाँकेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी बरीष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयाे ।

आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो। घाइते २१ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ। घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ। दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए।

नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो। ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राती सवा १२ बजे हाइस दुर्घटनामा परेको हो।

मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ। दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?