काठमाडौं । तत्कालिन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुरा भएको छ ।
आजभन्दा ठिक १९ वर्ष अघि २०५९ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको सामूहिक हत्या भएको थियो ।
नेपालको राजनीतिलाई नै नयाँ मोडमा लैजाने मुख्य कारण दरबार हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइए पनि त्यसको वास्तविकता पुष्टि भएको छैन ।
तत्कालिन सरकारद्वारा गठित विभिन्न छानविन समितिले युवराज दीपेन्द्रले पारिवारसँगको विवादका कारण बाबुआमा, भाई र बहिनी लगायतलाई गोली हानेको निष्कर्श निकालेका थिए । अनुसन्धानपछि परिवारको सामूहिक हत्या गरेर स्वयंले आत्महत्या गरेको समितिहरुले दावी गरेका थिए ।
राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलवा ज्वाईं कुमार खड्ग विक्रम शाह गरी कुल १० जनाको दरबार हत्याकाण्डमा ज्यान गएको थियो ।
घटना राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चा मा आएको थियो । घटनाको मुख्य कारण दीपेन्द्र शाह र देवयानी राणाको प्रेमसम्बन्ध रहेको तर विवाह गर्न खोज्दा परिवारले नमानेपछि आक्रोशित भई युवराज दिपेन्द्रले स्वचालित हतियार चलाउँदा भएको भनिएपनि नेपालीजनमा घटनाबारे अनेकौं आशंका आज पनि जिवित छन ।
घटनाको अर्को कारण दरबारभित्रको तत्कालिन शक्तिसंघर्ष पनि हुन सक्ने कतिपयको आशंका छ । घटनामा वैदेशिक शक्तिको हात रहेको हुनसक्ने विश्लेषण आजपर्यन्त भइरहेको छ । तर सिंगो देश स्तब्ध हुनेगरी मच्चाइएको त्यो नरसंहार कसरी घट्यो भन्नेबारेको कुनै औपचारिक पुष्टि हुन सकिरहेको छैन ।
१९ जेठ २०५८ को शुक्रबार साँझलाई नेपाली इतिहासको एक कालो रातका रुपमा लिइन्छ ।
हत्याकाण्ड भएको चार वर्षपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि पहल शुरु भएको थियो। संविधानसभाको चुनाव पछि २०६५ सालमा गणतन्त्र घोषणा नै भयो र २५० वर्ष लामो शाहवंशको शासन औपचारीक रुपमा नै टुंगिएको थियो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।