बैतडी । बैतडीमा क्वरेन्टीनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।

पुर्चौंडी नगरपालिका ४, भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वरेन्टीनमा बसेकी भटनाकै २२ वर्षीया सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो ।

मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताउनुभयो । लुहारको अवस्था सोमबार सामान्य रहे पनि आज बिहानै मृत्यु भएको उहाँले बताउनुभयो ।

मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फर्किएर जेठ १८ गतेदेखि श्रीमान र १८ महिने बच्चाकसहित क्वरेन्टीनमा बसिरहनुभएको थियो ।

मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन नगरेको उहाँका श्रीमान हरिश लुहारले बताउनुभयो ।

मृतको लुहारको स्वाब संकलन गर्ने तयारी भइरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?