
दार्चुला । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ४५ जना डिस्चार्ज भएका छन् । योसँगै कुल २६६ डिस्चार्ज भएका छन् ।
क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा एक हजार ८२५ रहेका छन् ।