दार्चुला । अपिहिमाल गाउँपालिकाले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई सात सय देखि एक हजारसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

गाउँकार्यपालिका बैठकले कोरोना संक्रमण फैलिनबाट रोक्नका लागि जोखिममोलेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई दैनिक ७ सय तथा हेल्थ डेस्कमा खटिएका कर्मचारीलाई १ हजार रुपैयाका दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।

कोरोना रोकथामको अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोत्साहनस्वरुप भत्ता उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष मन्यालको भनाइ छ ।

अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधिहरुले भने बन्दाबन्दी अर्थात लकडाउनमा भत्ता नलिने भएका छन । अपिहिमाल गाउँ कार्यपालिकाको बैठकले लकडाउनको बेला खटिएका जनप्रतिनिधिहरुले कुनै पनि भत्ता नलिने निर्णय गरेको अध्यक्ष मन्यालले बताउनुभयो ।

गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य सहायता कक्ष राखेको छ । वडा नम्बर २ को थाला, वडा नम्बर ३ को भट्टाड, वडा नम्बर ४ को मकरीकोट तथा वडा नम्बर ६ को ओखल झोलुङगेपुल गरी गाउँपालिकाको ४ ठाउँमा हेल्प डेस्क स्थापना गरेको छ । पैदल यात्रुहरुलाई स्वास्थ्य चेक जाँचपश्चात मात्र गाउँपालिका प्रवेश गर्न दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँकार्यपालिकाको बैठकले कोराना नियान्त्रण तथा रोकथाम लागि १९ लाख ६९ हजार २ सय रुपैँयाको जम्मा गरेको छ । यो रकम संगै अपि हिमाल गाउँपालिकाको कोरोना रोकथाम कोषमा ६५ लाख २० हजार रुपैँयाको कोरोना व्यवस्थापन कोष निर्माण भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?