दार्चुला । सरकारले जेठ ३२ गतेसम्म थप गरेको लकडाउन अवधिमा सवारी धनीले पुरानै सवारी पासमा सवारी साधन चलाउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमबारसम्म म्याद रहेका अत्यावश्यक कार्यमा प्रयोग हुने सवारी साधनहरुको म्याद जेठ ३२ गतेसम्म स्वत. नविकरण हुने सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले खाद्यान्न, औषधी, तरकारी, फलफुल, दुध, पानी, अण्डा, कुखुरा, कृषि सामग्री, पशुपन्छिका दाना, निर्माण सामाग्री, पेट्रोलियम पदार्थको ढुवानीको लागि यसअघि सवारी पास उपलब्ध गराएको थियो ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलद्धारा हस्ताक्षरित सूचनामा पुरानै प्रयोजनका लागि ३२ गतेसम्म स्वत. म्याद थप हुने तर सवारी अनुमतिको प्रयोजन परिवर्तन गर्नुपर्नेमा भने नयाँ अनूमित लिनुपर्ने व्यहोरा उल्लेख गरिएको छ ।


सात महिनामै फेरिए प्रमुख जिल्ला अधिकारी पौडेल
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको कार्यकाल ७ महिना नबित्दै गृह मन्त्रालयले धनुषा जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पदमा सरुवा गरेको छ । २०७६ कात्तिक १८ गते मात्रै दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएका पौडेलको समयावअधि अगावै सरुवा भएपछि जिल्ला भित्र र बाहिर विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेल राजनीतिक दलका नेताहरुको इसारामा नचलेको कारण दबाबमा सरुवा गराएको एकाथरी तर्क छ भने लकडाउनको बेला समन्वयकारी र प्रभावकारी भुमिका खेल्न नसकेका कारण सरुवा भएको अर्कोथरी तर्क छ ।

यो भन्दा पहिले गुल्मी जिल्लामा कार्यरत हुँदा कार्यसम्पादन मूल्यांकनका आधारमा देशकै सातौं नम्बरको रुपमा घोषित भएका प्रमुख जिल्ला अधिकारी पौडेल दार्चुलामा भने पूरै समयावधि समेत टिक्न नसक्दा पक्ष र विपक्षमा तर्कहरु आइरहेका हुन् ।

वर्तमान प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा भएसंगै जिल्ला प्रशासन कार्यालय दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल आउने भएका छन् ।

गृह मन्त्रालयले सुदूरपश्चिमका चार जिल्लासहित देशभरका ४४ जना सहसचिव तथा उपसचिवको सरुवा तथा काज र पदस्थापना गरेपछि पोखरेल दार्चुला आउन लाग्नुभएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?