दार्चुला । कैलालीमा कोरोना संक्रमितलाई राख्न आईसोलेसन शैयाको अभाव भएको छ। आज मात्रै १० जनामा कोरोना पुष्टि भएपछि संक्रमितलाई राख्न आईसोलेसन वार्डमा शैया अभाव भएको हो।
सेती प्रादेशिक अस्पतालसंग २४ शैयाको मात्रै आईसोलेसन वार्ड रहेकामा विरामीको संख्या २५ पुगेको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का संक्रमितलाई आईसोलेसनमा राखिएपनि अन्य संक्रमितलाई भने तत्काल व्यवस्थापन गर्न समस्या रहेको अस्पताल स्राेतले जनाएकाे छ ।
स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा पहिलो स्वास्थ्यकर्मीमा पनि कोरोना भाईरसको संक्रमण देखिएको छ। कञ्चनपुरको पुर्नवासमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको हो।
धनगढी स्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पुर्नवास नगरपालिकामा कार्यरत ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो।
५४ हजार बढी क्वारेन्टाइनमा
सुदूरपश्चिममा कोरोना भाईरस(कोभिड–१९) को जोखिममा रहेका ५४ हजार सात सय बढिलाई क्वारेन्टाईनमा राखिएको छ। भारतका कोरोना भाईरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ५४ हजार सात सय ५७ जनालाई विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाईनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
क्वारेन्टाईनमा राखिएका मध्ये ४७ हजार दुई सय ८९ जना पुरुष र सात हजार चार सय ६८ जना महिला रहेका छन्।
सबैभन्दा बढि कैलालीमा १४ हजार ६ सय ७५ जना, कञ्चनपुरमा सात हजार नौँ सय ७९ जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।
डोटीमा आठ हजार एक सय ४३, बैतडीमा पाँच हजार ६ सय ८ जना, अछाममा पाँच हजार ६ सय २३ जना, डडेल्धुरामा चार हजार पाँच सय २१ जना, बझाङमा दुई हजार नौ सय २३ जना, बाजुरामा तीन हजार आठ सय ३४ जना, दार्चुलामा एक हजार पाचँ सय २८ जनालाई क्वारेन्टाईनमा राखिएको छ।
उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका रहेका छन्।
सुदूरपश्चिममा थपिए २७ संक्रमित, हालसम्म ७३ जनामा काेराेना संक्रमण
सुदूरपश्चिममा आज एकैदिन थप २७ जनामा कोरोना पुष्टि भएको छ।धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो।
योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७३ पुगेको छ।धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो।
कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिमा रहेका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय युवतीमा कोरोना पुष्टि भएको छ।धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को त्रिभुवन माविको क्वारेन्टिमा रहेका ३२ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।सुर्खेतमा गरीएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी नौँ जनामा कोरोना पुष्टि भएको छ ।
सुदूरपश्चिमका ७३ जना संक्रमित मध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ।
एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ६ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन्।
सबैभन्दा बढि कैलालीका ३३ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका पाँच, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ।
मंगलबार २८८ संक्रमित थपिएसंगै नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या २०९९ पुग्यो
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।