दार्चुला । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै स्थानीय तहमा ५० शैयाको आईसोलेसन तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।
स्वास्थ्य निर्देशनालयले सबै अर्थात प्रदेशभरीका ८८ वटै स्थानीय तहहरुलाई पत्राचार गर्दै कम्तीमा ५० शैयाको आईसोलेसन तयारी अवस्थामा राख्न अनुरोध गरेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयाे ।
स्थानीय तहलाई पत्राचार गर्दै आरडिटी र पीसीआर पोजेटिभ भएकालाई व्यवस्थापन गर्न कम्तीमा पनि ५० शैयाको आईसोलेसन तयारी अवस्थामा राख्न अनुरोध गरिएको निर्देशक अवस्थीले बताउनुभयो ।
अहिले सुदूरपश्चिममा देखिएका अधिकासं कोरोना संक्रमित लक्षणविहन अवस्थाका भएकाले उनीहरुको स्थानीय स्तरमै उपचार तथा व्यवस्थापन गर्न सकिने पनि पत्रमा उल्लेख गरिएको छ ।
लक्षण विहिन कोरोना विरामीको उपचार स्थानीय स्तरमा भएका स्वास्थ्यकर्मी र नर्सिङ कर्मचारीले गर्न सक्ने भन्दै क्वारेन्टाईन तयारी अवस्थामा राख्न निर्देशनालयले अनुरोध सहित पत्राचार गरेको हो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।