कैलाली । कैलालीमा १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुबा पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ मा १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरिक्षक माधव विश्वकर्माले भासु जंगलमा हातखुट्टा बाधेर छोरीलाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताउनुभयाे । उनलाई सहजपुरको जंगलबाट भागिरहेको अवस्थामा मंगलबार पक्राउ गरिएको प्रहरी निरिक्षक विश्वकर्माले जानकारी दिनुभयाे ।
छोरीलाई घरमा समेत पटक पटक करणी गर्दै आएका उनले भासु जंगलमा रुखमा हातखुट्टा बाँधेर समेत जबरजस्तीकरणी गरेको उजुरी पीडित किशोरीले दिएको प्रहरीले जनाएको छ।
उनले छोरीलाई अरुलाई भनेमा ज्यान मार्ने धम्की समेत दिदै आएको खुलेको छ। उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईने प्रहरी निरिक्षक विश्वकर्माले बताउनुभयाे । – दिनेश खबरबाट
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।