दार्चुला । बैतडीका पहिलो कोरोना संक्रमित युवकले १३ औं दिनमा कोरोना जितेका छन्।

जेठ ९ गते कोरोना पुष्टि भएका जिल्लाको शिवनाथ गाउँपालिका २ का २२ बर्षीय युवकले १३ औँ दिनमा कोरोना जितेका हुन्।

धनगढी प्रयोगशालामा बुधवार र मंगलवार गरीएको परीक्षणमा रिपोर्ट नेगेटिभ देखाएपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका थुनुवा समेत रहेका कोरोना जित्ने युवकलाइ अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिइसकेकाले उहाँलाई कारागार चलान गरिएको छ।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना जित्नको सङख्या सात पुगेको छ भने एक जना सुदूरपश्चिमकै संक्रमितले प्रदेश बाहिरको अस्पतालबाट कोरोना जितेका थिए।

सुदूरपश्चिम प्रदेशका ७३ जना कोरोना संक्रमित मध्ये प्रदेशभित्र ७१ र दुई जना कर्णाली प्रदेशमा रहेका छन्। एक जना बालिकाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?