दार्चुला । सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना पुष्टि भएको छ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो।
योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७८ पुगेको छ।
धनगढीमा गरिएको परीक्षणमा कैलालीका तीन र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालले जनाएकाे छ ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
यस्तै डोटीका पूर्वीचौकी ४ का २३ बर्षीय र पूर्वीचौकी ७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
सुदूरपश्चिमका ७८ जना संक्रमित मध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ।
एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन्।
सबैभन्दा बढि कैलालीका ३५ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका सात, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ।
अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६१, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।