नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या २३०० पुग्यो, हालसम्म ९ जनाकाे मृत्यु

दार्चुला । पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार तीन सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

पुरुष २१३० र एकसय ७० जना महिला सङ्क्रमित रहेका छन् ।

क्वारेन्टाइनमा एक लाख ५५ हजार ८६८ रहेका छन् ।

डिस्चार्ज हुनेमा आज १२ जनासहित कुल २७८ जना पुगेको छ ।

२२२ जना पुरूष र ५६ जना महिला निकाे भएका छन् ।

यसैबिच नेपालमा थप एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

दोलखाका ७६ वर्षीय बृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयाे ।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?