दार्चुला । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुईहजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

सङ्क्रमित हुनेमा पुरुष दुईहजार ४५०, र महिला १८४ रहेका छन् ।

देशभर २१ वटा स्थानमा रहेका प्रयोगशालामा गरिएका पीसीआर परीक्षणमा पर्सा १, झापा ५,  ताप्लेजुग १, मोरङ २, सप्तरी १३, बारा १२, सिन्धुली १, रौतहट ३५, म्याग्दी १, बाग्लुङ १०, पर्वत ४, स्याङ्जा १, डोटी ३, बाँके ४२, कपिलबस्तु २५, दाङ १५, मुगु १, सुर्खेत २७, दैलेख ११४, खोटाङ ५, धुनषा ६, महोत्तरी ३ र सर्लाही ३ जनामा सङ्क्रमण भएको छ ।

कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भन्नुभयाे, ‘रिपोर्ट पोजेटिभ आएपछि भर्खरै हामीले मन्त्रालयमा खबर गरेका छौं ।’कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन ।

डा. गिरीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार पाल्पाको मृतक एकसहित अर्घाखाँचीको १, नवलपरासीको २ र रुपन्देहीको १८ सहित २२ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

काेराेना भाइरसकाे सङ्क्रमणबाट थप १२ जना निकाे भएर डिस्चार्ज हुनुभएको हो । योसँगै निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २९० पुगेको छ ।

पुरुष २३४ र महिला ५६ जनालाई पूर्ण रुपमा निको भएकाे छ ।

आज डिस्चार्ज हुनेमा नारायणी अस्पताल वीरगञ्जबाट पाँच जना ९ आैं दिनमा र कलैया अस्पताल बाराबाट सात जना १० दिनदेखि १७ दिनमा निको भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?