दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ४ मा आकर्षक गुफा भेटिएको छ। गुफा हेर्न स्थानीयको भिड लागेको स्थानीय चुडामणी भट्टले बताउनुभयो ।

शैल्यशिखर नगरपालिका ४ ओसिलाशैनी वनमा अलौकिक गुफा भेटिएपछि स्थानीयहरू नुवाइधुवाइ गरेर गुफामा धुपबत्ति जनाउन गइरहेकाछन् ।

सात तलाको चार सय मिटर लम्बाईको गुफा भेटिएको स्थानीयहरूको अनुमान छ ।

गुफाभित्र विभिन्न प्रकारका मूर्ति, मादल आकारका ढुंगा, पानी भएको झर्ना देखिएको स्थानीय भट्टले बताउनुभयो ।

विगतमाा बाहिरबाट हेर्दा सानो गुफा जस्तो देखिने गरेपनि भित्रको अवस्थाबारे कसैलाई थाहा थिएन् ।

निकै आकर्षण र अनौठो खाले गुफा भेटिएपछि अहिले स्थानीयले यो क्षेत्रमा नियमित धुप बाल्न थालेका छन् । गुफा हेर्न दैनिक सयौं मानिसको भिड लाग्ने गरेको छ।

तस्बिरमा हेर्नुहोस शैल्यशिखरमा भेटिएको गुफा :

 

तस्बिर  : विशनसिह बोहराको फेसबुकबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?