कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने

दार्चुला । कैलालीमा श्रीमतीको हत्या गरेर पुरुषले आफूमाथि नै गोली चलाएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जङ्गलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो।

घरायसी विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि थप विवरण आउन वाकी रहेको उहाँले बताउनुभयो।

श्रीमतीको हत्यापछि रामबहादुरले सोही बन्दुकले आफैँलाई गोली हानेका थिए । आफैँले हानेको गोलीबाट गम्भीर घाइते भएका उहाँको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । युवक अझै होसमा नआएको हुँदा घटनाबारे विस्तृत विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?