
दार्चुला । दार्चुला महाकाली नगरपालिका–४ घर भई भीमदत्तनगर बस्दै आएका जीवन भट्टलाई प्रहरीले लागुऔषध खरिद बिक्री एवं ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सब्जिमण्डी बस्ने ४० वर्षीय भट्टलाई लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हाे ।
भट्टबाट १५ ग्राम ३५ मिलीग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयाे ।
भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रबाट पक्राउ परेका भट्टमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएकाे छ ।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।