
दार्चुला । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।
डोल्पामा ४ दिन अघि मृत्यु भएका ५८ वर्षीय पुरुषको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएपछि मृतकको संख्या १२ पुगेको हो।
जगदुल्ला गाँउपालिका-३, थापागाउँका उनी लामो समयदेखि दमका रोगी थिए। उनी डोल्पा फर्कने क्रममा बाटोमै गम्भीर बिरामी परेका थिए। १८ गते डोल्पा पुगेपछि उनको आरडीटी परीक्षण गरिएको थियो। आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर लगिएका उनको बुधबार मृत्यु भएको थियो।
मृत्युपछि संकलन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिनुभयाे ।
यसअघि कोरोनाबाट नेपालमा ११ जनाको मृत्यु भइसकेको पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेको छ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।