दार्चुला । अगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि दार्चुलामा ग्रामीण विद्युतिकरण गर्न ९ करोड बजेट विनियोजन गरिएको छ ।

बलाँच र थालीगाडमा सवस्टेशन निर्माण पश्चात एकै पटक दार्चुला जिल्लाका तिन क्षेत्रहरु दुहुँ क्षेत्रको हुतिमा, मार्मा क्षेत्रको पारीबगर—लटिनाथ र लेकम क्षेत्रमा ३३ के.भी प्रशारण लाईन र सवस्टेशन निर्माणको कार्यक्रम स्विकृत भएको प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले बताउनुभयो । तीन वटै शवस्टेशन निर्माणका लागि आवश्यक बजेट स्विकृत गरिएको मन्त्रालयले जनाएको छ ।

५५ मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विस्तृत अध्ययन (डिपिआर) गर्न २ करोड ५४ लाख र चमेलिया देखि स्याउले हुदै अत्तरीयासम्म दोस्रो सर्किट निर्माणका लागि १ करोड बजेट विनियोजन गरि कार्यक्रम स्विकृत भएको छ । चमेलिया विद्युतिकरण आयोजनामा ५० लाख बजेट विनियोजन गरिएको छ ।

महाकाली नदी नियन्त्रण अन्तरगत (नौगाड खोला र चमेलिया गोकुलेश्वर क्षेत्रको समेत गुरु योजना अनुसार कार्य संचालन गर्ने गरि १२ करोड बजेट विनियोजन गरिएको छ ।
मडगाँउ पहिरो व्यवस्थापन कार्य शुनसेरामा ५० लाख र हुनैनाथ मन्दिर पहिरो व्यवस्थापन लगायत विगतमा संघबाट संचालित विभिन्न क्रमागत सिँचाई योजना सम्पन्न गर्न १७ करोड बजेट स्विकृत भएको छ ।

निरन्तरको पहलपछि उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबाट अगामी वर्षका लागि विभिन्न कार्यक्रममा गरी कुल ५० करोड भन्दा बढी बजेट दार्चुलाका लागि विनियोजन भएको सासंद ठगुन्नाले बताउनुभयो ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?