सुदूरपश्चिमका क्वारेन्टाइनमा बैतडीका ३ सहित ८ जनाको मृत्यु

दार्चुला । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी बैतडीमा ३ जना, बाजुरा र डडेल्धुरामा २-२ जना  र  डोटीमा १ जना रहेका छन्।  ७ जनाको १ सातामा मृत्यु भएको हो भने १ जनाको वैशाख २० गते मृत्यु भएको थियाे ।

शनिबार मात्रै सुदूरपश्चिमका क्वारेन्टाइनमा बसेका ३ जनाको मृत्यु भएको छ।  बैतडीको पाटन नगरपालिकास्थित भीमदत्त प्राविधिक शिक्षालयमा क्वारेन्टाइनमा बसेका पाटन नगरपालिका ६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको भारतबाट फर्केकै दिन शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएकाे छ ।

डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ३ सीताराम आधारभूत विद्यालयमा ७ दिनअघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको छ। साथै  बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा जेठ १६ गतेदेखि बस्दै आएका ६५ वर्ष वृद्ध मृत्यु भएको छ।

यसअघि २१ जेठमा पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो। २० जेठमा पनि बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो। त्यसअघि १७ गते राति डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?