दार्चुला । बैतडीको पाटन विमानस्थलमा कालोपत्रे सम्पन्न भएसँगै सञ्चालनको पर्खाइमा रहेको छ। सुदूरपश्चिमको दोस्रो ठूलो पाटन विमानस्थलमा पाँच सय ९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे गरिएको छ । भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको छ ।
विमानस्थल निर्माणमा ११ करोड बढी बजेट खर्च भएको छ। अब नियमित संञ्चालन गर्न सके ग्रामिण क्षेत्रका नागरिकलाई पनि गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने देखिएको बैतडीको पाटन नगरपालिकाका नगरप्रमुख केशव बहादुर चन्दले बताउनुभयाे ।
विमानस्थल संञ्चालन भए धार्मिक पर्यटनसंगै आकस्मिक विरामीलाई जिल्ला बाहिर पठाउन सहज हुनेछ । गत वर्षको असारमा सक्ने लक्ष्य सहित २०७४ सालमा कालोपत्रे सहितको निर्माण कार्य सुरु गरिएको थियो। विमानस्थल कालोपत्रको काम सकिएपछि धावन मार्गको पर्खाल, तार जाली लगाउने काम पनि सकिएको छ। तर संञ्चालनको लागि भने नेपाल नागरिक उड्यन प्राधिकरणबाट कुनै तयारी नभएको स्थानीयकाे गुनासाे छ ।
यसैबिच लामो समयदेखि अलपत्र परेका डोटीको दीपायल विमानस्थल कालोपत्रेको काम समेत सम्पन्न भएको छ। सुदूर पहाडको सबैभन्दा पुरानो दीपायल विमानस्थलमा कालोपत्रको काम सकिएपछि धावनमार्गको साइडका पर्खाल लगायतका अन्य क्षेत्रमा रेखाङ्कन काम पनि सकिएको छ। करिब साढे पाँच करोडको लगानीमा दीपायल विमानस्थल कालोपत्रे तथा स्तरोन्नतीको काम सम्पन्न भएको हो।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




