नेपालमा काेराेना सङ्क्रमित ३७६२ पुगे, १४ जनाकाे मृत्यु

काठमाडौँ। नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् ।  पुरुष २९४ जना  र २० जना महिला गरी कुल ३१४ जनामा थप कोरोना भएकाे छ ।

योसँगै सङ्क्रमितको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

त्यसैगरी, थप २१ जना डिस्चार्ज हुनुभएकाे छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ४८८ पुगेको छ ।

त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाकाे मृत्यु भएकाे छ ।

क्वारेन्टाइनमा एक लाख ६६ हजार ६६८ रहेका छन् भने तीन हजार २६० जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?