दार्चुला । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या चार हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
त्यसैगरी, थप ९६ जना डिस्चार्ज हुनुभएकाे छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ५८४ पुगेको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनाकाे मृत्यु भएकाे छ । चितवनकाे भरतपुर अस्पतालमा विहान चितवन –११ का एक काेराेना सङ्क्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
पहिलो पटक इलाम जिल्लामा पनि कोरोना सङ्क्रमित भेटिएकाले कोरोना फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।
मंगलबार एक जना संक्रमित थपिएसंगै दार्चुलामा संक्रमितकाे संख्या १२ पुगेकाे छ । जसमध्ये महाकाली नगरपालिकाका पहिलाे काेराेना संक्रमित निकाे भएर घर फर्किसकेका छन् ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।