
दार्चुला । नेपाल सरकारका प्रबक्ता अर्थ, सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले दार्चुला लगायतका जिल्लामा दुरसञ्चार सेवा विस्तार गर्न सरकारले प्रार्थमिकता दिइरहेको बताउनुएको छ ।
प्रतिनिधिसभाकाे बैठकमा मन्त्री खतिवडाले, दार्चुला, मुगु, हुम्ला र गोर्खा लगायत जिल्लामा दुरसञ्चार सेवालाई सुचारु गर्न टावरहरु निर्माण गर्नु पर्ने, विग्रेका भत्केका टावरहरु मर्मत गर्नुपर्ने लगायत सञ्चार सेवा विस्तार गर्न सरकारले कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।
सात महिना देखी सञ्चार बिहिन रहेको दार्चुलाको व्याँस क्षेत्रको तिकंर र छाङरु गाउँमा छिट्टै सञ्चार सुबिधा विस्तार गरिने उहाँको भनाइ छ ।
सशस्त्र प्रहरीका वीओपी स्थापना भएका ठाँउमा सञ्चार सुविधा छिट्टै निर्माण गर्नका लागि सरकार लागेको मन्त्री खतिवडाले बताउनुभयो ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।