काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गरेको बताउनुभएकाे छ ।

सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै उनले भने, हामी कूटनीतिक वार्तामार्फत समाधान खोज्छौं र त्यो भनेको हाम्रो भूमि फिर्ता हुनुपर्छ ।

’प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले अन्यत्र यसरी कब्जा नगरिएकाले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई प्रमाथमिकता दिएको बताउनुभयाे ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय र अरु जटिल विषयमा देखिएको राष्ट्रिय एकताको प्रशंसा व्यक्त गर्नुभएको छ ।

मङ्गलबार संविधान संशोधनको विधेयेकमा प्रतिपक्षीले पनि समर्थन गरेको र सरकारको प्रसंशा गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो र खुसी व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?