दार्चुला । सुदूरपश्चिममा बुधबार थप ६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा कैलालीका ५ र कञ्चनपुरका एक गरी थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएकाे छ ।

योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ६४ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६० जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्।अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ४६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

यसैबिच नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् । पछिल्लाे नतिजा अनुसार २५७ जना पुरुष र २२ जना महिला सङ्क्रमित भएका हुन् ।

योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या चार हजार ३६४ पुगेको छ । चार हजार ५५ पुरूष र ३०९ महिला सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । थपिएका सङ्क्रमित मा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

त्यसैगरी, बुधबार थप ९० डिस्चार्ज भएकाले कुल निकाे हुनेको सङ्ख्या ६७४ पुगेको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् ।

आइसोलेसनमा तीन हजार ६७५, क्वारेन्टाइनमा एक लाख ७२ हजार २६६ रहेका छन् ।

आरडीटी र पीसीआर परीक्षणको सङ्ख्या एक लाख १० हजार ७४४ पुगेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?