कालापानी लिपुलेकबाट भारतीय सेना फिर्ता गर्न माग गर्दै प्रदेशसभामा संकल्प प्रस्ताव पारित

दार्चुला । सुदूरपश्चिम प्रदेशसभाले भारतले मिचेको नेपाली भूमी कालापानी, लिपुलेक लिम्पियाधुराबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पारित गरेको छ।

बुधबार बसेको प्रदेशसभाको बैठकबाट उक्त प्रस्ताव बहुमतले पारित भएको दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य गेल्बुसिह‌ बाेहराले बताउनुभयाे ।

उक्त प्रस्ताव जेठ २१ गते प्रदेशसभा सदस्य गेल्बुसि‌‌ह बाेहरा र कर्णबहादुर मल्लले दर्ता गराउनुभएकाे थियाे । प्रदेशसभा सदस्य भरत खड्का, लालबहादुर खड्का र मालामती कुमारी रानाले समर्थन गर्नुभएकाे थियाे ।

भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सेनालाई यथासिघ्र हटाउन संयुक्त प्रस्ताव बनाएर एक हप्ता पहिले दर्ता गरिएकाे र बुधबार पारित भएकाे प्रदेशसभा सदस्य बाेहराले बताउनुभयाे ।

प्रस्वावमाथि प्रदेशसभा सदस्य मानबहादुर धामी, लिलाधर भट्ट र रणबहादुर रावलले उक्त भूमि नेपालकाे रहेकाे तथ्य सहित धारणा राख्नुभएकाे थियाे ।

प्रस्तावमाथि छलफल भई बुधबार उक्त प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत रुपमा पारित भएको सांसद बाेहराले बताउनुभयाे ।

प्रदेश सरकार स्थापना भएदेखि पहिलोपटक सर्वसम्मत रुपमा यो प्रस्ताव मात्रै पारित भएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?