दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैल्यशिखर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि हालसम्म गरेको शिर्षकगत खर्चको विवरण सार्वजनिक गर्न माग गरेको छ ।

नगरपालिकाले गरेका विभिन्न काम र गतिविधिमा अनियमितता भएको आशंकामा नेपालको संविधान २०७२ मा व्यवस्था गरिएको सूचनाको हक अन्तरगत नगरपालिकाबाट सूचना माग गरिएको अनेरास्ववियुले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका नाममा नगरपालिकाले निर्माण गरेको राहत कोषमा जम्मा भएको र खर्च भएको रकमको शिर्षकगत विवरण, राहत पाउने तथा राहत वितरण गरिएकाहरुको विवरण र उपलब्ध गराइएको राहतको विवरण, क्वारेन्टाइनको संख्या, क्वारेन्टाइनमा बसेका व्याक्तिहरुको नामावली, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी र स्वयमसेवकहरुको विवरण, स्वदेश तथा विदेशबाट उद्धार गरी ल्याइएका व्याक्तिहरुको सूची सार्वजनिक गर्न अनेरास्ववियुले माग गरेको छ । यस्तै एसईई परीक्षा, नयाँ शैक्षिक सत्रलाई मध्यनजर गर्दै नगरपालिकाले गरेका शैक्षिक निर्णय, गतिविधि र प्रगति विवरण सार्वजनिक गर्न नगरप्रमुख अमरसिह धामीलाई ज्ञापन पत्र बुझाएको अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य भुवन भण्डारीले जानकारी दिनुभयो ।

अनेरास्ववियु जिल्ला कमिटि र केन्द्रिय कमिटि सदस्यहरुको जेठ २५ गते बसेको भर्चुअल बैठकको निर्णय अनुसार शैल्यशिखर नगरप्रमुख अमरसिह धामी र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरको ध्यानआकर्षण गराएको अनेरास्ववियु शैल्यशिखर नगरपालिकाका ईन्चार्ज राजेश सिह बिष्टले जानकारी दिनुभयो ।

अनेरास्ववियु केन्द्रिय सदस्य भुवन भण्डारी, खेमराज जोशी लगायतको सहभागितामा बैठकले स्थानीय तहहरुले कोरोना न्यूनिकरणका लागि गरेको शिर्षकगत खर्च विवरण सार्वजनिक गर्ने, नयाँ शैक्षिक सत्रलाई मध्यनजर गर्दै विद्यार्थीहरुको पठनपाठनलाई बैकल्पीक माध्याबाट भएपनि सञ्चालन गर्न माग गर्ने, लकडाउनको पालना गराउने प्रति ध्यानआकर्षण गराउने लगायत निर्णय गरेको थियो ।

बुधबार अनेरास्ववियु केन्द्रिय सदस्य भुवन भण्डारीकाे नेतृत्वमा विद्यार्थी नेताहरुले नगरप्रमुख धामीलाइ भेटेर ध्यानअाकर्षण गराएकाे बिष्टले बताउनुभयाे ।
अनेरास्ववियुले लकडाउनको समयानुकुल पालना गराउन माग गर्दै शैल्यशिखर नगरपालिका र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरको समेत ध्यानआकर्षण गराएको जनाएको छ ।

शैल्यशिखर नगरपालिकाले क्वारेन्टाइनमा बस्नुपर्ने मापदण्ड पुरा नहुदै ६६ जना नागरिक र स्वयमसेवकहरुलाई घर पठाएको विषयमा आपत्ती जनाउदै उनिहरुलाई एकान्तबासमा राख्ने व्यवस्था गर्न समेत नगरप्रमुख धामीलाई अपिल गरेको विद्यार्थी नेता विष्टले बताउनुभयो ।
नगरपालिकाबाट माग गरेको सूचनाका आधारमा प्राप्त सत्य तथ्य कुराहरु १५ दिन पछि सार्वजनिक गर्ने अनेरास्ववियुका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?