दार्चुला । दार्चुलामा भारतबाट आएका १२ जनामा कोरोना संक्रमण देखिएको छ । पहिलो संक्रमित महाकाली नगरपालिका—६ का २१ वर्षीय युवक कोरोना जितेर मंगलबार घर फर्किएपनि ११ जनाको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।

शैल्यशिखर नगरपालिकाका ८ जना, महाकाली नगरपालिका र लेकम गाउँपालिकामा २÷२ जनामा कोरोना संक्रमण पुष्टी भएपछि लकडाउनमा कडाइ गरिएको छ । शैल्यशिखर नगरपालिका नगरकार्यपालिकाको बैठकबाट अर्को निर्णय नहुदासम्मका लागि गोकुलेश्वर बजार सिल गर्ने निर्णय भएको जनाइएपनि कार्यान्वयन नभएको भन्दै स्थानीयले गुनासो गरेका छन ।

हालसम्म दार्चुलामा २ हजार ४ सय ५० बढीको आरडिटी परीक्षण गरिएकोमा यो हप्ता ६ वटा स्थानीय तहमा ५० जनाको आरडिटी रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । बुधबार व्याँसमा १ जना, महाकालीमा १ जना, लेकममा ३ जना, मालिकार्जुनको हुनैनाथमा ३ जनामा आरडिटी पोजेटिभ आएको छ । हालसम्म ७ सय ९२ जनाको पिसिआर बिधिबाट थ्रोट स्वाबको नमुना परीक्षण गरीएकोमा १२ जनाको पोजेटिभ आएको ५ जनाको रिपोर्ट आउन बाकी रहेको र बाकी ७७५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

भारतबाट फर्किएका नागरिकमा आरडिटी पोजेटिभ देखिन थालेपछि गाउँघरमा कोरोनाको जोखिम बढ्दै गएको छ । हालसम्म मालिकार्जुन गाउँपालिकामा १९ जना, शैल्यशिखर नगरपालिकामा १३ जना, नौगाड गाउँपालिकामा ४ जना, लेकम गाउँपालिकामा ६ जना, अपिहिमाल गाउँपालिकामा ३ जना, महाकाली नगरपालिकामा ३ जनाको आरडिटी पोजेटिभ देखिएको छ ।

भारतबाट दैनिक सयौँ मानिस जिल्ला भित्रिरहेकाले ग्रामिण क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन स्थानीय तहहरुले आग्रह गरेका छन् । भारतको कोरोना प्रभावित क्षेत्रबाट दैनिक मानिसहरु दार्चुला आइरहेकाले संक्रमणबाट जोगिन लकडाउनको पालना गर्न, स्वास्थ्य जीवनशैली अपनाउन र भिडभाडमा नजान स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

अपिहिमाल गाउँपालिकाले कोरोनाको जोखिम बढेको भन्दै पूरै गाउँपालिका सिल गरेको छ । गाउँपालिकाले हरेक वडाका प्रवेशद्धारमा स्वयमसेवक जनशक्ति परिचालन गरि नाका सिल गरेको हो । एक वडाबाट अर्को वडासम्म मान्छेको आवतजावतमा पूर्ण रोक लगाइएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।

गाउँपालिकाका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको आरडिटी परिक्षण गर्दा ३ जनामा आरडिटी पोजेटिभ देखिएपछि सीमा नाकामा कडाई गरिएको हो । अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा १ जना र वडा नम्बर २ मा २ जनाको आरडिटी पोजेटिभ देखिएको छ । आरडिटी पोजेटिभ देखिएपछि क्वारेन्टाइन नजिकका गाउँका स्थानीय झन त्रसित बनेका छन् ।

यसैबिच लेकम गाउँपालिकामा ५ जनामा आरडिटी पोजेटिभ देखिएपछि ग्रामीण वस्तीमा कोरोनाको त्रास फैलिएको छ । बुधबार लेकम गाउँपालिका ५ रिठाचौपातास्थित लटिनाथ माबि चौपाताको क्वारेन्टाइनमा बसेका दुई जनामा आरडिटी पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा बसेकाहरुले क्वारेन्टाइन व्यवस्थापनको माग गरेका छन् । आज तीन जनाको आरडिटी परीक्षण गर्दा ३३ र २७ वर्षीय पुरुषमा आरडिटी पोजेटिभ देखिएपछि खानेपानी, सौचालय, खानपान लगायतको व्यवस्थापनमा ध्यान दिन क्वारेन्टाइनमा बसेकाहरुले माग गरेका छन् । लेकम ६ स्थीत श्रीपुर क्वारेन्टाइनमा ४ जनाको आरडिटी परीक्षण गर्दा सबैको नेगेटिभ र सर्मोलीमा २० जनाको आरडिटी परीक्षण गरीएकोमा १ जनाको आरडिटी पोजेटिभ आएको छ ।

चौपाता क्वारेन्टाइनमा २२ जना बसेका छन् । क्वारेन्टाइनमा बसेकाहरुले शौचालयमा बाल्टीन, मग, सेनिटाइजरको व्यवस्था नभएको, साबिकको श्रोतकेन्द्रको चुहिने भवनमा बसालिएको, म्याद सकिएको साबुन, कलकेट लगायत सामाग्री प्रयोगका लागि दिएको, १३ दिन पहिलेदेखि क्वारेन्टाइनमा बसेका र हिजो आज आएकाहरुलाइ समेत एउटै ठाउँमा बसालिएको र अहिलेसम्म आरडिटी परीक्षण समेत नगरीएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?