बैतडी। पुर्चाैडी नगरपालिकाको एम्बुलेन्स दुर्घटनामा परी एकै परिवारका ३ जना घाइते भएका छ ।

घाइते हुनेमा पुर्चाैडी नगरपालिका – ५ का ५४ वर्षीय दिल बहादुर कुवँर, उहाँकी ४८ वर्षीया श्रीमती बेलमती कुवँर र छोरा २० वर्षीय रोहित कुवँर रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार दिल बहादुर र बेलमतीको अवस्था गम्भिर रहेको छ भने छोरा रोहितको अवस्था सामान्य रहेको छ ।

धनगढी बाट पुर्चाैडी नगरपालिकातर्फ अाउदै गरेको म १ झ ११३ नम्बरको एम्बुलेन्स खोडपे बझाङ् जोड्ने जयपृथ्बी राजमार्ग अन्तरग बैतडीको पाटन नगरपालिका ८ र सिगास गाउपालिका १ को सिमामा पर्ने बिन्द्राबनमा बिहिबार राती ९ बजे दुर्घटनामा परेको हो ।

घाइतेकाे स्थानिय र प्रहरीले उद्धार गरी डडेल्धुरा अस्पताल लगिएकाे छ। एमबुलेन्स सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?