दार्चुलाकाे पहिलो धार्मिक विद्यालय गोकुलेश्वरमा संचालन

गाेकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका- ९ गोकुलेश्वरमा अवस्थित जगतपुरी शिवधाममा यसै वर्षको शैक्षिक सत्र देखि संस्कृत भाषाको पठनपाठन शुरू हुने भएको छ।

जगतपुरी शिवधाम तिर्थस्थल बिकास समितीको पहलमा संचालन हुन लागेको गुरूकुल संस्कृत बेद विद्यापिठ जिल्लामै पहिलो धार्मिक विद्यालय बनेको र कक्षा ६ को पठनपाठन यसै वर्षबाट संचालन गरिन लागेको जगतपुरी शिवधाम तिर्थस्थल विकास समितीका अध्यक्ष पिताम्बर बिष्टले जानकारी दिनुभयो।

लोकदर्पण टीभी अनलाइन र लोकदर्पण एफएम सङ्ग कुराकानी गर्नुहुदै अध्यक्ष बिष्टले समाजमा विकृति, विसङ्गती र असहिष्णुता बढ्दै गएको समयमा भाषाहरूको जननी मानिने संस्कृत भाषाको पठनपाठनले समाजमा सदाचारिता र सहिष्णुता कायम गर्ने बिश्वासका साथ धार्मिक विद्यालयको स्थापना गरिएको बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?